मन्त्रिपरिषद्को नयाँ वरीयतामा सुधन पाँचौं, महावीर आठौंमा
दुई मन्त्री नियुक्त गरेसँगै प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद् सदस्यको मर्यादाक्रम (वरीयता) निर्धारण गरेका छन्। गृह मन्त्रालयमा पुनर्बहाली भएका सुधन गुरुङ र नवनियुक्त विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको नियुक्तिसँगै नयाँ वरीयता तोकिएको हो । राष्ट्रपति कार्यालयले मंगलबार सार्वजनिक गरेको नयाँ मर्यादाक्रम अनुसार गृहमन्त्री सुधन गुरुङ मन्त्रिपरिषद्मा पाँचौँ वरीयता क्रममा छन्।
