SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०१:५७ PM · 1 मिनेट पढाइ

गृहमन्त्रीमा पदभारलगत्तै सुधनले गरे दरबार हत्याकाण्ड छानबिन अघि बढाउने निर्णय

नवनियुक्त गृहमन्त्री सुधन गुरुङले नारायणहिटी राजदरबार हत्याकाण्डको अनुसन्धान प्रक्रिया अघि बढाउने निर्णय गरेका छन् । पद तथा गोपनीयताको शपथ ग्रहण गरेलगत्तै मंगलवार सिंहदरबारस्थित मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले यस्तो निर्णय गरेका हुन् । उनले राजदरबार हत्याकाण्डसम्बन्धी यसअघि भएका अनुसन्धान प्रतिवेदनको अध्ययन गरी आवश्यक थप छानबिन प्रक्रिया अघि बढाइने बताए ।