SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०७:१९ PM · 1 मिनेट पढाइ

यी हुन् गृहमन्त्री सुधन गुरुङले आज गरेका निर्णयहरू

काठमाडौं : गृहमन्त्री सुधन गुरुङले पदभार सम्हाल्दै विभिन्न निर्णयहरू गरेका छन्। गृहमन्त्री गुरुङले आज पदभार सम्हाल्दै २०५८ सालको दरबार हत्याकण्डको फाइल पुनः खोल्ने, जेनजी आन्दोलनको फौजदारी मुद्दा फिर्ता लिने विषयमा अध्ययन गर्ने निर्णय गरेका छन्। यसैगरी केन्द्रीय अनुसन्धान ब्युरोलाई अझै बलियो बनाउने र छानबिनमा रहेका अनुसन्धान प्रक्रिया टुंगो लगाउने लगायतका निर्णय पनि गरेका हुन्।