जेठ ३१ गते काठमाडौँ महानगरपालिका, नगर सभाको १९ औँ अधिवेशन आव्हान
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले नगर सभाको १९ औँ अधिवेशन जेठ ३१ गते आइतबार विहान ११ बजेका लागि आव्हान गरेको छ । आज काठमाडौँ प्लाजास्थित सभा कक्षमा कार्यवाहक प्रमुख सुनिता डंगोलको अध्यक्षतामा बसेको ५० औँ कार्यपालिका बैठकले नगर सभाको बैठक मिति तय गरेको हो । वैठकले नेपाल भाषाको बालविकास तथा पूर्व प्राथमिक तहको पाठ्यक्रम स्वीकृत गरेको छ । शिक्षा तथा स्वास्थ्य समितिका संयोजक चिनीकाजी महर्जनको संयोजकत्वमा गठन भएको नेपाल भाषाको पाठ्यक्रम तथा स्थानीय पाठ्यपुस्तकहरूमा समसामयिक संशोधन तथा परिमार्जन गरिएको हो । जेठ ४ गते बसेको समितिको वैठकले शिक्षा तथा स्वास्थ्य समिति संशोधन पेश गरेको थियो । शिक्षा तथा स्वास्थ्य समितिले जेठ २५ गते बैठक बसेर नेपाल भाषाको स्थानीय विषय नेपालभाषा, बालविकास तथा पूर्व प्राथमिक तहको पाठक्रम स्वीकृतको लागि कार्यपालिका समक्ष प्रस्ताव पेश गर्ने निर्णय भएको थियो । समितिका तर्फबाट वैठकमा प्रस्ताव पेश गर्दै शिक्षा अधिकारी नमराज ढकालले, काठमाडौं महानगरपालिकाको नेपाल भाषा, स्थानीय विषय, नेपाल भाषाको बालविकास तथा पूर्व प्राथमिक तहको पाठक्रम स्वीकृत गर्न पेश गरिएको बताउनुभयो ।
