SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०५:४७ PM · 1 मिनेट पढाइ

नवनियुक्त गृहमन्त्री गुरुङ र विज्ञान प्रविधिमन्त्री पुनले लिए सपथ

काठमाडौं : नवनियुक्त गृहमन्त्री सुधन गुरुङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले सपथ लिएका छन्।शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेलले उनीहरूलाई सपथ खुवाएका हुन्।मंगलबार प्रधानमन्त्री बालेन्द्र शाहले गुरुङ र पुनलाई मन्त्रीका लागि सिफारिस गरेका थिए। राष्ट्रपति पौडेलले उनीहरूलाई मन्त्रीमा नियुक्त गरेका थिए।गुरुङ यसअघि पनि शाह नेतृत्वको सरकारमा गृहमन्त्री थिए। सम्पत्ति शुद्धीकरण विवाद मुछिएपछि उनले राजीनामा दिएका थिए।