१० महिनामा १९ खर्ब बढी रेमिट्यान्स भित्रियो
काठमाडौं : चालु आर्थिक वर्षको १० महिनामा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ।नेपाल राष्ट्र बैंकले मंगलबार प्रकाशन गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिअनुसार आर्थिक वर्ष २०८२/८३ वैशाखसम्ममा रेमिट्यान्स ४१.२ प्रतिशत बढी भित्रिएको हो। यस अवधिमा १९ खर्ब १६ अर्ब ९० करोड रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको तथ्याकंमा उल्लेख छ। अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १३.३ प्रतिशतले बढेको थियो।
