SHARE
कालिका खबर · मङगलबार २६ जेठ २०८३ ११:२० AM · 1 मिनेट पढाइ

अब बसमै वासरूम, रुद्रशक्ति ट्राभल्सको सुविधासम्पन्न सेवा सञ्चालनमा

काठमाडौँ । लामो दूरीका यात्रुलाई लक्षित गर्दै रुद्रशक्ति ट्राभल्स ले पूर्वी भेगमै पहिलोपटक वासरूम सुविधासहितको आधुनिक बस सेवा सञ्चालनमा ल्याएको छ। कम्पनीले काठमाडौँ–विराटनगर–काठमाडौँ तथा काठमाडौँ–काकडभिट्टा–काठमाडौँ रुटमा हरेक दिन दुईतर्फी बस सञ्चालन गर्ने जनाएको छ। यात्रुको सहजता र आरामलाई प्राथमिकतामा राखेर सञ्चालनमा ल्याइएको उक्त बसमा वासरूम (दिशा–पिसाब गर्ने) सुविधा उपलब्ध रहेको छ। विशेषगरी महिला, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा लामो दूरीका यात्रुका लागि यो सेवा निकै उपयोगी हुने कम्पनीको विश्वास छ। बसमा यात्रुलाई स्वागतस्वरूप रसुवा पानी र वेलकम स्न्याक्स प्रदान गरिनेछ।