शितलनिवासमा मन्त्रीद्वय गुरुङ र पुनको शपथ ग्रहणको तयारी
काठमाण्डु – राष्ट्रपति कार्यालय शितलनिवासमा नवनियुक्त मन्त्रीद्वय सुधन गुरुङ र महावीर पुनको शपथ ग्रहणको तयारी भएको छ । शपथ ग्रहणका लागि दुवै मन्त्रीहरू शीतलनिवास पुगिसकेका छन् । लामो समयदेखि प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूसँगै राखेका मन्त्रालयमा मन्त्री सिफारिस गरेका छन् । प्रधानमन्त्री शाहले गृहमन्त्रीमा सुधन गुरूङ र विज्ञान प्रविधिमन्त्रीमा महावीर पुनलाई सिफारिस गरेका हुन् ।
