SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ १०:५५ AM · 1 मिनेट पढाइ

नेपाली सेनालाई बुद्ध एयरद्वारा सेवा निवृत्त विमानको फ्युजलेज हस्तान्तरण

काठमाडौँ। बुद्ध एयरले उडान सेवाबाट अवकाश प्राप्त ATR-72 (MSN-535) विमानको फ्युजलेज नेपाली सेनालाई हस्तान्तरण गरेको छ। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित बुद्ध एयरको ह्याङ्गरमा जेठ २५ गते आयोजित एक कार्यक्रममा बुद्ध एयरका कार्यकारी अध्यक्ष वीरेन्द्र बहादुर बस्नेत ले उक्त फ्युजलेज नेपाली सेनाका युद्ध कार्य प्रमुख अनुप जङ्ग थापा लाई हस्तान्तरण गरेका हुन्।