SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ १०:४७ AM · 1 मिनेट पढाइ

मिडियाबाजीमा नलागी जिम्मेवारी र कर्तव्य पुरागर्न सशस्त्र प्रहरी महानिरीक्षक पौडेलको निर्देशन

सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) नारायणदत्त पौडेलले सस्तो लोकप्रियता वा मिडियाबाजीमा नलागी आफ्नो जिम्मेवारी र कर्तव्यलाई दृढतापूर्वक पूरा गर्न तथा सामाजिक सञ्जालको प्रयोगलाई व्यवस्थित गर्न सबै तहका कमाण्डरहरूलाई सचेत रहन निर्देशन दिएका छन् । उनले सशस्त्र प्रहरी बल नेपालभित्र पुरस्कार र दण्डको नीति कडाइका साथ कार्यान्वयन गर्न निर्देशन दिएका छन्।