SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०४:०५ PM · 1 मिनेट पढाइ

नेप्से परिसूचक घट्यो, कारोबार रकममा भने वृद्धि

काठमाडौं : नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। आज नेप्से १.५४ अंकले घटेर २७३३.५९ विन्दु कायम भएको हो। यसदिन ३५७ वटा स्क्रिप्सको १ करोड २३ लाख ८२ हजार १७ कित्ता सेयर ६ अर्ब ४४ करोड ३१ लाख ९० हजार २९१ रुपैयाँमा खरिदबिक्री भए। हिजो ४ अर्ब ८ करोड ४८ लाख ९६ हजार १९० रुपैयाँको सेयर कारोबार भएको थियो। आज सेयरबजारमा १०५ कम्पनीका सेयरमूल्य बढे भने १५१ कम्पनीका सेयर मूल्यमा गिरावट आयो। जसमा १५ को सेयर स्थिर रहे।