SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ १०:१५ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्रीलाई काँग्रेस नेता केसीको सुझाव- ‘इतिहास अध्ययन गर्नुस्’

काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका नेता अर्जुननरसिंह केसीले प्रधानमन्त्री बालेन्द्र साहलाई इतिहासको अध्ययन गर्न सुझाव दिएका छन् । प्रधानमन्त्री बालेन्द्र साहले सामाजिक सञ्जालमार्फत यावत समस्याहरू ३५ वर्ष यताको हुन् भनी उल्लेख गर्नुभएकोप्रति आपत्ति जनाउँदै इतिहासको अध्ययन गरेर टिप्पणी गर्न सचेत गराएका हुन् ।