SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०९:५६ AM · 1 मिनेट पढाइ

कांग्रेसले भन्यो- प्रधानमन्त्री जिम्मेवार नभएकाले संसद सुचारु हुन सकेन

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदको जारी गतिरोधका लागि प्रधानमन्त्री जिम्मेवार रहेको आरोप लगाएको छ । मंगलबार संघीय संसद भवन परिसरमा सञ्चारकर्मीसँग कुरा गर्दै कांग्रेस सचेतक निष्कल राईले प्रधानमन्त्रीको अभिव्यक्तिका कारण उत्पन्न विवादले सदन अवरुद्ध भएको दाबी गरे ।