SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

भक्तपुरमा पालिकाकै सेवा ‘डुप्लिकेसन’ गर्दै प्रदेश सरकार

भक्तपुर : बागमती प्रदेश सरकारले स्थानीय सरकारकै कार्यक्षेत्रमा प्रवेश गरी सेवाको दोहोरोपन गरिरहेको पाइएको छ। भक्तपुरका चारवटै नगरपालिकामा छुट्टाछुट्टै पशु सेवा शाखा क्रियाशील छन्। तर, दूधपाटीस्थित भक्तपुर नगरपालिकाको पशु सेवा शाखा रहेको भवनमै बागमती प्रदेश सरकारले पनि पशु सेवा केन्द्र स्थापना गरी पालिकाकै प्रकृतिको सेवा दोहोर्याइरहेको छ।भक्तपुर नगरपालिकाले नियमित रूपमा सञ्चालन गर्दै आएको सेवा र प्रदेश सरकारको सेवाबीच कुनै भिन्नता देखिँदैन।