विश्व फुटबलको सबैभन्दा ठूलो संस्करण : ४८ टोली, १०४ खेलको महासंग्राम
काठमाडौं : फिफा विश्वकप–२०२६ आउँदो बिहीबार जुन ११ बाट सुरु हुँदैछ । यस पटकको विश्वकप निकै कुरामा फरक छ । तीन वटा आयोजक देश, ४८ टिम, १२ समूह र १०४ वटा खेल हुनेछ । पहिलो पटक ४८ देशले विश्वकप खेल्ने छन् । जसको खेलहरू क्यानडा, मेक्सिको र अमेरिकामा हुनेछ । फाइनल खेल १९ जुलाई २०२६ मा न्युयोर्कको न्यु जर्सीमा हुनेछ ।सन् २०२२ मा कतारमा सम्पन्न भएको विश्वकपमा अर्जेन्टिनाले उपाधि जितेको थियो । साविक विजेता अर्जेन्टिना पुनः ट्रफी जित्ने होडमा रहेको छ ।
