SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०३:०५ PM · 1 मिनेट पढाइ

नबिल बैंक र धुलिखेल अस्पतालबीच ६ करोड रुपैयाँको रणनीतिक साझेदारी

काठमाडौं : नबिल बैंक लिमिटेड र धुलिखेल अस्पतालबीच अत्यावश्यक स्वास्थ्य सेवा सुदृढीकरण एवं पुनःस्थापना सेवाका लागि रणनीतिक साझेदारीसम्बन्धी आशयपत्रमा हस्ताक्षर भएको छ।  बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र धुलिखेल अस्पतालका प्रशासनिक निर्देशक डा. विराजमान कर्माचार्यले सोमबार उक्त पत्रमा हस्ताक्षर गरेका हुन्।