रास्वपा मधेस प्रदेशको अधिवेशन स्थगित
सिमरा : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को मधेस प्रदेश अधिवेशन स्थगित भएको छ । रास्वपाको केन्द्रीय निर्वाचन आयोगले मंगलबार एक सूचना जारी गर्दै जेठ २८ गतेका लागि तय भएको प्रदेश अधिवेशन स्थगित गरेका हुन् । केन्द्रीय निर्वाचन प्रमुख भुवन केसीद्धारा जारी सूचनामा अर्को निर्णय नभएसम्मका लागि अधिवेशनका सबै प्रक्रिया स्थगन भएको उल्लेख छ । केसीले यसअघि मंगलबार (आज) का लागि तय भएको बारा जिल्ला अधिवेशन पनि स्थगित गरेका थिए ।
