कांग्रेसको आरोप : ‘प्रधानमन्त्री नेपाललाई भारतको भूमि अतिक्रमणकारी प्रमाणित गर्न लागिपरेका छन्’
काठमाडौं । नेपाली कांग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र शाहले सीमा सम्बन्धी दिएको विवादित अभिव्यक्ति सच्याउनुको सट्टा उल्टै नेपालले भारतको भूमि अतिक्रमण गरेको कुरा प्रमाणित गर्नतर्फ लागेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मंगलबारको बैठकमा बोल्दै उनले प्रधानमन्त्रीको अभिव्यक्ति प्रति गम्भीर आपत्ति जनाउँदै नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्न खोजिएको बताए ।
