SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०९:०१ AM · 1 मिनेट पढाइ

बजेट महत्वकांक्षी छ, सरकारले चाहे कार्यान्वयन हुनसक्छ : डा. प्रकाशशरण महत

काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महतले सरकारले प्रस्तुत गरेको २१ खर्ब २४ अर्ब रुपैयाँको बजेटलाई महत्वाकांक्षी भए पनि कार्यान्वयन गर्न सकिने बताएका छन् । नेपाल उद्योग व्यापार महासंघले आयोजना गरेको कार्यक्रममा बोल्दै महतले राष्ट्रिय योजना आयोगले प्रस्ताव गरेको आकारभन्दा करिब डेढ खर्ब रुपैयाँ बढी विनियोजन गरिएको उल्लेख गरे ।