SHARE
पर्दाफास · मङगलबार २६ जेठ २०८३ ०८:४१ AM · 1 मिनेट पढाइ

प्रतिनिधिसभा बैठक भोलि बस्ने गरी स्थगित

प्रतिनिधिसभा बैठक आज स्थगित भएको छ । मंगलबार बसेको बैठकमा विपक्षी दलले विरोध गरेपछि स्थगित भएको हो । सभामुख डोलप्रसाद अर्यालले भोलि (बुधबार) बस्ने गरी स्थगित भएको जानकारी दिए । विपक्षीले प्रधानमन्त्रीको विवादित अभिव्यक्तिबारे संसद्मै आएर माफी माग्नुपर्ने र उक्त भनाइ रेकर्डबाट हटाउनुपर्ने अडान राख्दै आएका छन्।