SHARE
कर्पोरेट समाचार · मङगलबार २६ जेठ २०८३ ०८:४३ AM · 1 मिनेट पढाइ

नेपाललाई सीमा अतिक्रमणकारी देखाउने प्रयास अस्वीकार्य : कांग्रेस नेता राई

काठमाडौं । नेपाली कांग्रेसका सांसद निष्कल राईले नेपाललाई सीमा अतिक्रमणकारी देशका रूपमा चित्रित गर्ने कुनैपनि प्रयास स्वीकार्य नहुने बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नेपालले छिमेकी देश भारतको कुनैपनि भू–भाग अतिक्रमण नगरेको दाबी गरेका हुन् । उनले नेपाल विश्व समुदायको नजरमा सीमा अतिक्रमणकारी राष्ट्र नभएको र भविष्यमा पनि बन्न नसक्ने बताएका छन्।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: कर्पोरेट समाचार