SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०२:१५ PM · 1 मिनेट पढाइ

कार्यसूचीमा प्रवेश नै नगरी संसद बैठक स्थगित

काठमाडौं : प्रतिनिधिसभाको आजको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । सभामुख दोलप्रसाद (डीपी) अर्यालले आजको बैठक कार्यसूचीमा प्रवेश नगरेको जानकारी गराउँदै भोलिसम्मका लागि स्थगित गरेका हुन् । आजको बैठकमा नेपकपा एमालेका सांसद क्षितिज थेबे, नेपाली कांग्रेसका निश्कल राई, श्रम सँस्कृतिका हर्क साम्पाङ, राप्रपाकी सांसद खुश्बु ओलीले पार्टीको धारणा राखेका थिए । यसैबीच सभामुख डीपी अर्यालले बिपक्षी सांसदहरुले सभाको अपमान गरेको भन्दै आपत्ति जनाएका छन् ।