प्रतिनिधि सभाको मर्यादा कायम राख्न सभामुख अर्यालको निर्देशन
काठमाडौँ । सभामुख डोलप्रसाद अर्यालले संसदको मर्यादा र नियमावलीको पालना गर्न सांसदहरूलाई निर्देशन दिएका छन् । बैठक सञ्चालनका क्रममा प्रतिपक्षी सांसदहरूले सभाको स्थापित पद्धति विपरीत व्यवहार गरेको भन्दै उनले यस्तो निर्देशन दिएका हुन् । प्रधानमन्त्री बालेन्द्र साहले नेपालले पनि भारतको भूमि मिचेको छ भन्ने अभिव्यक्ति दिएका थिए ।
