SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०८:२२ AM · 1 मिनेट पढाइ

राप्रपाले माग्यो अर्थमन्त्री वाग्लेको राजीनामा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेको राजीनामा माग गरेको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा बोल्दै राप्रपाकी सांसद खुश्बु ओलीले करका दरमा गरिएको संशोधनलाई लिएर गम्भीर प्रश्न उठाउँदै अर्थमन्त्री वाग्लेको राजीनामा माग गरेकी हुन् । उनले निष्पक्ष छानबिन नहुँदासम्म अर्थमन्त्रीले नैतिकताको आधारमा पदबाट अलग रहनुपर्ने बताइन् ।