सदन विपक्षले होइन, सत्ता पक्षले अवरोध गरेको हो : खुस्बु ओली
काठमाडौं : राप्रपाकी प्रमुख सचेतक खुस्बु ओलीले प्रधानमन्त्री बालेन शाहले दिएको वक्तव्य गलत भएकाले स्पष्ट पार्नुपर्ने बताएकी छन्। आज प्रतिनिधि सभा बैठकमा बोल्दै ओलीले सदन विपक्षले नभई सत्ता पक्षले गरिरहेको बताएकी हुन्।उनले प्रधानमन्त्रीले आफ्नो भनाई सच्याउनुबाहेक संसद अवरोध हट्ने अर्को उपाय नदेखेको बताइन्। उनले भनिन्, ‘संसद अवरोध हटाउन दुईवटा विकल्प छन् ।
