महावीर भन्छन्ः बधाई खाइरहेको छु, मन्त्री भएको जानकारी छैन
काठमाण्डु– प्रधानमन्त्री बालेन्द्र (शाह) बालेन ले स्वतन्त्र सांसद् महावीर पुनलाई विज्ञान, प्रविधि तथा नवप्रवर्तमन्त्री नियुक्त गरेका छन् ।तीन बजे शीतल निवासमा पुन र गृहमन्त्री सुधन गुरुङको सपथ ग्रहण समारोहको आयोजना भइसक्यो । तर, पुन भने आफूलाई मन्त्री नियुक्ति गरिएको बारे प्रधानमन्त्री कार्यालयबाट कुनै जानकारी नआएको बताउँछन् ।
