कम्प्युटर इञ्जीनीयरिङ गरेका युवाको च्याउखेती
भारतमा कम्प्युटर इञ्जीनीयरिङको पढाइ सकेर नेपाल फर्केका मिलन बस्नेतले बाँकेमा लोभलाग्दो च्याउखेती गरेका छन्। जिल्लाको बैजनाथ गाउँपालिका–१ गाभर भ्यालीमा ‘भ्याली एग्रो फार्म’ दर्ता गरी उनले आधुनिक प्रविधिमा च्याउखेती गरेका छन्।
