SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०८:१४ AM · 1 मिनेट पढाइ

प्रधानमन्त्री साह नेपाललाई अतिक्रमणकारी प्रमाणित गर्न लागिपरेका छन्: काँग्रेस

काठमाडौँ । नेपाली काँग्रेसका सांसद निश्कल राईले प्रधानमन्त्री बालेन्द्र साह आफ्नो सीमासम्बन्धी विवादित अभिव्यक्ति सच्याउनुको सट्टा नेपालले भारतको भूमि अतिक्रमण गरेको कुरा प्रमाणित गर्न लागिपरेको आरोप लगाएका छन् । प्रतिनिधि सभाको मङ्गलवारको बैठकमा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले नेपाल विश्वको नजरमा सीमा अतिक्रमणकारी देश नभएको र बन्न नसक्ने बताए ।