विपक्षीको विरोधपछि आज पनि सर्यो संसद बैठक
काठमाडौं । विपक्षीहरुको विरोधपछि मंगलबारको प्रतिनिधि सभा बैठक पनि स्थगित भएको छ । विपक्षीहरुले पूर्ववर्ती मागहरु राख्दै आजको बैठकमा अवरोध गरेपछि भोलिसम्मका लागि बैठक स्थगित गरिएको हो । सभामुख डोलप्रसाद अर्यालले जेठ २७ गते बुधबार बिहान ११ बजेसम्मका लागि प्रतिनिधि सभा बैठक स्थगित गरेको जानकारी गराए ।
