SHARE
Kalo Pati · मङगलबार २६ जेठ २०८३ ०६:२९ AM · 1 मिनेट पढाइ

गृहमन्त्रीमा फेरि सुधन गुरुङ फर्कँदै, ३ बजे शपथ

काठमाडौं ।बालेन्द्र शाह नेतृत्वको सरकारमा सुदन गुरुङ फेरि गृहमन्त्री बन्ने भएका छन् । आजै उनको सपथग्रहण हुने भएको छ । यसअघि सम्पत्ति लगायत विभिन्न विवादमा परेपछि गुरुङले गृहमन्त्रीबाट राजीनामा दिएका थिए । सरकारले उनीमाथि छानविन गर्न एउटा समिति बनाएको थियो । छानविन समितिले क्लीन चिट दिएपछि गुरुङलाई गृहमा फर्काउन लागिएको हो ।