SHARE
Kalo Pati · मङगलबार २६ जेठ २०८३ ०६:५९ AM · 1 मिनेट पढाइ

विज्ञान प्रविधिमन्त्री बन्दै महावीर पुन

काठमाडौँ । स्वतन्त्र सांसद महावीर पुन मन्त्री बन्ने भएका छन् । पुनलाई सरकारले विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री बनाउने भएको हो । सरकारका एक मन्त्रीले दिएको जानकारी अनुसार पुनलाई आजै मन्त्रीको रुपमा शपथ ग्रहण गराइने भएको छ । पुनसँगै सुधन गुरुङलाई पनि गृहमन्त्रीका रुपमा शपथ ग्रहण गराउने तयारी गरिएको छ ।