SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०६:४५ AM · 1 मिनेट पढाइ

उपत्यकामा २४ घण्टाभित्र झन्डै २४ सय सवारीचालक कारबाहीमा, २१ लाख बढी राजस्व संकलन

काठमाडौं। काठमाडौं उपत्यकामा ट्राफिक नियम उल्लंघन गर्ने सवारीचालकहरूमाथि ट्राफिक प्रहरीले कारबाही तीव्र पारेको छ। पछिल्लो २४ घण्टाको अवधिमा मात्रै उपत्यकाका विभिन्न स्थानमा सवारी नियम उल्लंघन गर्ने दुई हजार ३९२ जना सवारीचालक कारबाहीमा परेका छन्।