आवश्यकता अनुसार प्रधानमन्त्रीलाई संसदमा सम्बोधन गर्न समस्या छैन : प्रवक्ता पोखरेल
काठमाडौं : सरकारका प्रवक्ता समेत रहेका शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेल आवश्यकता अनुसार प्रधानमन्त्रीले संसदमा सम्बोधन गर्न कुनै समस्या नभएको बताएका छन् ।मन्त्रिपरिषदले आज गरेका निर्णय सार्वजनिक गर्ने क्रममा प्रवक्ता पोखरेलले प्रधानमन्त्री बालेन शाहलाई संसदमा जान अप्ठ्यारो भएको भए सुरुमै नजाने बताए । प्रधानमन्त्री संसदमा गएका बेला सोध्ने प्रश्नहरु नै नभएको बताउँदै उनले भने, ‘हामीले सोंचे भन्दा एकदम कम प्रश्नहरु मात्र आए ।
