SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ ०१:०१ PM · 1 मिनेट पढाइ

यस्ता छन् मन्त्रिपरिषद बैठकमा चार निर्णय

काठमाडौं : सरकारले नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय तदर्थ समिति गठनसहित विभिन्न चार निर्णयहरु गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले विशालकुमार भण्डारीको अध्यक्षतामा ९ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले जानकारी दिएका छन् ।बैठकले तल्लो अरुण, तल्लो न्यादी खोला, भुन्छा खोला र तादी खोला जलविद्युत् आयोजनाहरूलाई राष्ट्रिय वन क्षेत्र प्रयोग गर्न स्वीकृति प्रदान गरेको छ।