४८ दिनपछि पुनः गृहमा फर्किँदै सुधन गुरुङ, आजै शपथको तयारी
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले सुधन गुरुङलाई पुनः गृहमन्त्रीमा नियुक्त गर्ने भएका छन्। सम्पत्ति विवरणमा प्रश्न उठेपछि गत वैशाख ९ गते राजीनामा दिएका गुरुङलाई सरकारले आजै दिउँसो २ बजेपछि शपथ गराउने तयारी गरेको हो। यसका लागि प्रधानमन्त्री कार्यालयले राष्ट्रपति कार्यालयमा पत्र पठाइसकेको छ ।
