SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ १२:०६ PM · 1 मिनेट पढाइ

दर्ता नै नगरी पसल सञ्चालन, अनिवार्य मूल्यसूची राख्न निर्देशन

नुवाकोट : वजारमा गुणस्तरहिन वस्तुको विक्री वितरण भइरहेको गुनासो आएपछि नुवाकोटमा छड्के वजार अनुगमन गरिएको छ । अनुमगमनका क्रममा दर्ता नै नगरी पसल व्यवसाय सञ्चालन गरिएको पाइएको छ ।संयुक्त वजार अनुगमन टोलीले नुवाकोटको विदुर नगरपालिका–९ कोलोनी बजारमा रहेको विभिन्न प्रकृतिका १६ वटा पसलहरुको एकै पटक सोमवार छड्के अनुगमन गरेको हो । होलसेल तथा खुद्रा सामग्री पसल,  किराना पसल, तरकारी तथा मासु पसल, मार्टको अनुगमन गरेको हो ।