SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ १२:०१ PM · 1 मिनेट पढाइ

एमाले कार्यदलको बैठक जारी

काठमाडौं : नेकपा (एमाले) पुनर्गठनको सुझाव दिन र आमनिर्वाचनको समीक्षा गर्न गठित कार्यदलको बैठक जारी रहेको छ । एमाले उपाध्यक्ष रामबहादुर थापा ‘बादल’को नेतृत्वमा गठित कार्यदलको बैठक पार्टी कार्यालय च्यासलमा आज बसेको हो।बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीसमेत सहभागी छन्। गत जेठ १० गतेको सचिवालय बैठकबाट १५ सदस्यीय कार्यदल गठन गरिएको थियो ।