SHARE
हाम्रो खेलकुद · आइबार​ १८ साउन २०८२ ०१:२९ PM · 1 मिनेट पढाइ

सातदोबाटोको पोस्टमा जावलखेलको गोल वर्षा

काठमाडौं (हाम्रो खेलकुद) – जावलाखेल युथ क्लबले एन्फा यु-१६ लिगमा सातदोबाटो युथ क्लबको पोस्टमा गोलको वर्षा गरेको छ । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा जावलाखेलले सातदोबाटोलाई ७-० गोल अन्तरले पराजित गर्यो । जावलाखेलको जितमा पुजन सुनारले २ तथा समिर लोप्चन, प्रिन्स भुजेल, विकाश शाही, सुमित बाइबा र बिबिधा राज राईले समान १ गोल गरे ।

सम्पूर्ण समाचार पढ्नुहोस् श्रोत: हाम्रो खेलकुद