SHARE
कालिका खबर · मङगलबार २६ जेठ २०८३ ०५:३१ AM · 1 मिनेट पढाइ

टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा दुई जना रंगेहात पक्राउ

झापा : झापाको मेचीनगरमा नेपाल टेलिकमको केबल तार काट्दै गरेको अवस्थामा प्रहरीले दुई जनालाई रंगेहात पक्राउ गरेको छ। झापाको मेचीनगर नगरपालिका वडा नम्बर १३ चारआली बजारस्थित लक्ष्मी डिपार्टमेन्ट अगाडि रहेको पोलबाट तार चोर्दै गर्दा उनीहरू पक्राउ परेका हुन्। सोमबार बिहानको करिब ४ः३० बजेको समयमा पोलमा चढेर नेपाल टेलिकमको केबल काटिरहेको अवस्थामा प्रहरी चौकी चारआलीबाट खटिएको नियमित गस्ती टोलीले उनीहरूलाई फेला पारेको थियो। पक्राउ पर्नेहरूमा झापाको मेचीनगर नगरपालिका वडा नम्बर ६ बस्ने २३ वर्षीय संगम शेर्पा र सोही नगरपालिकाको वडा नम्बर १५ बस्ने २१ वर्षीय मणिराज राजवंशी रहेका छन्।