SHARE
प्रदेश खबर · मङगलबार २६ जेठ २०८३ ०५:५४ AM · 1 मिनेट पढाइ

सुनचाँदीको मूल्यमा वृद्धि, तोलाको कति पुग्यो ?

काठमाडौँ । विगत एक सातादेखि निरन्तर रूपमा ओरालो लागिरहेको सुनको मूल्यमा मंगलबार सामान्य सुधार आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबारको तुलनामा मंगलबार छापावाल सुनको मूल्य प्रतितोलामा दुई सय रुपैयाँले वृद्धि भएको हो।