विश्वकप हेर्न मेक्सिको जान लागेका एन्फा अध्यक्ष र महासचिवलाई विमानस्थलबाट फर्काइयो
काठमाण्डु– मेक्सिको जाँदै गरेका एन्फा अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई अध्यागमन अधिकृतले फिर्ता गरेका छन् । फिफा विश्वकप फुटबल हेर्न मेक्सिको जान लागेका अध्यक्ष नेम्वाङ र राईलाई त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयले फर्काइदिएको हो । अध्यागमन स्रोतका अनुसार उनीहरु कालोसूचीमा रहेकाले विमानस्थलबाट फर्काइएको हो ।
