SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०५:२० AM · 1 मिनेट पढाइ

फिलिपिन्समा शक्तिशाली भूकम्पपछि जारी सुनामी चेतावनी इण्डोनेसियाले फिर्ता लियो

एजेन्सी । इण्डोनेसिया को मौसम, जलवायु तथा भूभौतिकी एजेन्सीले सोमवार सुनामीको चेतावनी फिर्ता लिएको जनाएको छ । यसअघि फिलिपिन्स को दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प आएपछि सम्भावित सुनामीको जोखिमलाई ध्यानमा राख्दै इण्डोनेसियाको उत्तरी तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित स्थानमा जान आग्रह गरिएको थियो ।