आर्मेनियाको संसदीय निर्वाचनमा प्रधानमन्त्री पाशिन्यानको पार्टी विजयी
एजेन्सी । आर्मेनियाका प्रधानमन्त्री निकोल पाशिन्यानले मुलुकमा सम्पन्न आम निर्वाचनमा आफ्नो पार्टी विजयी भएको घोषणा गरेका छन् । निर्वाचन आयोगले सार्वजनिक गरेको प्रारम्भिक नतिजाअनुसार पाशिन्यानको नेतृत्वमा रहेको सिभिल कन्ट्रयाक्ट पार्टी ४९.८२५ प्रतिशत मतका साथ अग्रस्थानमा देखिएको छ । देशको केन्द्रिय निर्वाचन आयोगकाअनुसार आईतवार भएको मतदानमा करिब ५९ प्रतिशत मतदाता सहभागी भएका थिए।
