SHARE
मकालु खबर · मङगलबार २६ जेठ २०८३ ०५:४१ AM · 1 मिनेट पढाइ

दक्षिण अफ्रिकाबाट घानाले गर्‍यो आफ्ना ३४० नागरिकको उद्धार

एजेन्सी । दक्षिण अफ्रिकामा बढ्दो आप्रवासी विरोधी भावना र असुरक्षाका कारण घाना सरकारले आफ्ना नागरिकको दोस्रो समूहलाई स्वदेश फर्काएको छ । ३४० जना घानाली नागरिकहरूलाई विशेष उद्धार गरी स्वदेश ल्याइएको हो ।