SHARE
लोक पथ · मङगलबार २६ जेठ २०८३ ०५:१८ AM · 1 मिनेट पढाइ

सरकारको कार्यशैलीप्रति शंकर पोखरेलको असन्तुष्टि, भने– ‘भो, यस्तो सुशासन चाहिँदैन’

काठमाडौं । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले वर्तमान सरकारको कामकारबाहीप्रति असन्तुष्टि जनाउँदै अब जनताले ‘यस्तो सुशासन चाहिँदैन’ भन्ने अवस्था आएको बताएका छन् । सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै उनले सुशासनको नाममा सत्तामा पुगेकाहरूको व्यवहार र गतिविधिमाथि प्रश्न उठाएका हुन् ।