काठमाडौं महानगरपालिकाको १९औँ अधिवेशन यही जेठ ३१ गते हुने
काठमाडौं । काठमाडौं महानगरपालिकाको १९औँ नगरसभा अधिवेशन यही जेठ ३१ गते हुने भएको छ । मंगलबार बसेको महानगरपालिकाको ५०औँ नगर कार्यपालिका बैठकले अधिवेशनको मिति तय गरेको हो । महानगरपालिकाका कार्यबाहक प्रमुख सुनिता डंगोलका अनुसार जेठ ३१ गते आइतवार बिहान ११ बजे राष्ट्रिय सभा गृहमा नगरसभाको १९औँ अधिवेशनको पहिलो बैठक बस्नेछ ।
