‘लालीबजार’को कमाई ९ करोड
काठमाडौं । गत जेठ २५ देखि प्रदर्शन भएको नेपाली फिल्म ‘लालीबजार’ ले घरेलबजारमा ब्लकबष्टर कमाई गरेको छ । घरेलु बजारमा ९ करोडको व्यापार गर्दै ‘लालीबजार’ यस वर्ष विसं २०८३ मा हालसम्म प्रदर्शन भएका फिल्म मध्ये सबै भन्दा अगाडि देखिएको छ । चलचित्र विकास बोर्डले हाल सिनेमाघरमा प्रदर्शनरत नेपाली फिल्मको व्यावसायिक विवरण सार्वजनिक गरेको छ ।
