SHARE
कालिका खबर · मङगलबार २६ जेठ २०८३ ०४:२८ AM · 1 मिनेट पढाइ

ललितपुरमा भन्सार छलीका तीनवटा गाडी बरामद, बेच्न खोज्ने दुई जना पक्राउ

ललितपुर । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले भन्सार छलेर ल्याइएका तीनवटा चारपाङ्ग्रे गाडीसहित दुई जनालाई पक्राउ गरेको छ। भारतबाट भन्सार छली ल्याएर बिक्री वितरण गर्न लागिएको अवस्थामा प्रहरीले उनीहरूलाई गत शुक्रबार ललितपुरका विभिन्न स्थानबाट पक्राउ गरेको हो। ललितपुर महानगरपालिका वडा नम्बर ५ कुसुन्तीमा भन्सार छलीका गाडीहरू बेच्नका लागि राखिएको भन्ने विशेष सुराकी प्रहरीले पाएको थियो। सोही सूचनाका आधारमा अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले उक्त स्थानमा छापा मारेको थियो। प्रहरीले घटनास्थलबट तीनवटा गाडी नियन्त्रणमा लिएको छ।