SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

फेरि मैदानमै ढले एरिक्सन

एजेन्सी, डेनमार्क : डेनमार्कका अनुभवी मिडफिल्डर क्रिस्चियन एरिक्सन फेरि मैदानमै ढलेका छन्। उनी युक्रेनसँगको अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलका क्रममा आइतबार राति मैदानमा ढलेका हुन्। डेनिस फुटबल संघका अनुसार उनी खेल्दाखेल्दै अचेत भएर मैदानमा ढलेका थिए। अहिले भने उनको अवस्था सामान्य रहेको जनाइएको छ।सन् २०२१ को युरोकपमा पनि उनी मैदानमै ढलेका थिए। फिनल्यान्डसँगको खेलमा हृदयघात भएपछि मैदानमा ढलेका उनको त्यतिबेला निकै चर्चा भएको थियो।