SHARE
अन्नपूर्ण · मङगलबार २६ जेठ २०८३ १०:४६ AM · 1 मिनेट पढाइ

अभिषेक एसियाली  खेलकुदमा छनोट

काठमाडौं : नेपालका तेक्वान्दो खेलाडी अभिषेक बराल २०औं एसियाली खेलकुदमा छनोट भएका छन्। मंगोलियाको उलानबटारमा गत जेठ ५ देखि ११ गतेसम्म आयोजना भएको २७औं एसियाली ग्योरोगी तेक्वान्दो च्याम्पियनसिपमा प्रतिस्पर्धा गरेका बराल अन्तर्राष्ट्रिय वरीयताका आधारमा एसियाली खेलकुदमा छनोट भएका हुन्। यसैगरी पारा तेक्वान्दोमा भने पलेसा गोवद्र्धन छनोट भएकी छन्। उनी के–४४ विधाअन्तर्गत महिला ५७ केजीमुनि वरीयताका आधारमा छनोट भएकी हुन्। पलेसा विश्व वरीयताको १०औं स्थानमा छिन्।